मानव बेचबिखन तथा ओसारपसार कसूरमा होटल संचालक र प्रबन्धक पक्राउ
सप्तरी । मानव बेचबिखन तथा ओसारपसार कसूरमा राजविराज नगरपालिका–३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक समेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक राजविराज नगरपालिका बस्ने ५७ वर्षीय अरुण चन्द्र मिश्र र गेष्ट हाउसका प्रबन्धक महादेवा गाउँपालिका बस्ने ४१ वर्षीय राम प्रकाश मण्डल रहेका छन् ।
उक्त गेष्ट हाउसमा यौन कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले गेष्ट हाउसमा महिलाहरूलाई विभिन्न प्रलोभन देखाई जबरजस्ती यौनकार्य गराउने कार्य भइरहेको अवस्थामा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । उनीहरू उपर मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसूरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया