पिज्जा हटको नौलो स्वाद थिन क्रस्ट पिज्जा बजारमा
काठमाडौं । पिज्जा हटले नौलो स्वाद भएको थिन क्रस्ट पिज्जा बजारमा ल्याएको छ । विशेष रूपमा नेपालको लागि तयार गरिएको नौलो स्वाद भएको पिज्जा हटको मेनुमा उक्त पिज्जाको मूल्य चार सय ९९ रुपैयाँबाट सुरु हुने बताइएको छ ।
पिज्जा हटको ह्यान्ड क्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि उपलब्ध छ । पिज्जा उत्साहीहरूको ह्यान्ड क्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध छन् । ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्ने छन् र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्ने छन् ।
सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गर्दै आएको पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया