इन्भेस्टमेन्ट मेगाको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत हरेक तीनजना भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एनआईएमबी स्मार्ट एपबाट कनेन्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा एक–एक थान स्मार्टफोन जित्न सक्नेछन् ।
सो अफर मंसिर १० गतेदेखि पुष ९ गतेसम्म लागू हुनेछ । एनआईएमबी स्मार्ट एपमा कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने बताइएको छ ।
फण्ड ट्रान्सफर गर्नका निम्ति आफ्नो एनआईएमबी एपमा लग–इन गरी, फण्ड ट्रान्सफरमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम हो । भुक्तानी तथा ट्रान्सफरका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आईपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिस्ट्रर गर्न आवश्यक छैन । एनआईएमबी स्मार्टमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार दुई लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया