Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकको एटीएम भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा

एभरेस्ट बैंकको एटीएम भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा


काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा बैंकको एटीएमको समुद्घाटन गरेको छ । सो एटीएमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्तरूपमा गरेका हुन् । योसँगै बैंकको एटीएमको संख्या एक सय ६३ पुगेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले उक्त एटीएम सेवा विस्तारसँगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरू तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे भने मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्राङ्गणमा एटीएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गरे ।

साथै, सोही अवसरमा बैंकले मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरूलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुइँकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्वसम्बन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नवीन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया