Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो भी २९ फाइभजी सिरिज

भिभो भी २९ फाइभजी सिरिज


काठमाडौं । भिभो भी सिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीका साथै नवीन दृष्टिकोणसहित प्रभावशाली छाप छोडेको छ । भी सिरिजको नयाँ स्मार्टफोन भी २९ फाइभजी र भी२९ई यसको ज्वलन्त प्रमाण हो । भिभोले नवीनता साथसाथै डिजाइनमा केन्द्रित उपकरणहरू निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको छ ।

कम्पनीका अनुसार भी २९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको छ । स्मार्ट औरा लाइट पोट्रेट, स्मार्ट कलर टेम्परेचर एड्जस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोडजस्ता विशेषताहरूसँग यसले सूक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्रेटहरू सिर्जना गर्न मद्दत गर्छ । यो एक फोटोग्राफी पावरहाउस हो जुन हरेक क्षणलाई जादुमयी ढंगबाट कैद गर्न डिजाइन गरिएको हो । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजीले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्छ । भी२९ फाइभजीमा ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको छ । यस्तै, भी२९ई फाइभजीमा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २ एक्स प्रोफेसनल पोट्र्रेट मोडहरू छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक सटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरूसम्म सजिलै खिच्न सक्छन् ।

यसैगरी, भी२९ फाइभजीमा उद्योगकै पहिलो ‘इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल’ प्रविधि प्रयोग गरिएको छ । त्यस्तै, भी२९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ । कम्पनीका अनुसार भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन सात सय ७८ प्रोसेसर रहेको छ । यो फोन १२जीवी ¥याम र २५६जीवी स्टोरेज भेरियन्टमा उपलब्ध गरेको छ । यस्तै, भी२९ई फाइभजी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभजी कनेक्टिभिटीको साथ आउँछ । यसमा ८जीवी ¥याम र २५६जीवी स्टोरेज रहेको छ ।

यस्तै, भिभो भी २९ फाइभजीमा ४६०० एमएएच ब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ भने भी२९ई फाइभजीमा ४८०० एमएएच ब्याट्री रहेको छ । भिभो भी२९ फाइभजी सिरिज स्मार्टफोन बजारमा उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको प्रतीकको रूपमा प्रस्तुत भएको छ ।

यसको आकर्षक सौन्दर्यशास्त्र, शक्तिशाली क्यामेरा क्षमताहरू, सिमलेस कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री लाइफका साथ भिभो नेपाली बजारमा निकै सफल भएको छ । यी उपकरणहरूले आधुनिक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने कम्पनीको दाबी छ । नेपाली बजारमा भी२९ फाइभजीको मुल्य ५९ हजार नौ सय ९९ रुपैयाँ र भी२९ई फाइभजीको मूल्य ४२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया