शिवम् सिमेन्टको ‘शिवम् सन्देश’ क्याम्पेन
काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ । कम्पनीको ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह हो । यसमा घर निर्माणपूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ ।
घर बनाउने जग्गाको छनौट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के–कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै अतिउपयोगी जानकारीहरू समेटिएको ‘शिवम् सन्देश’ले ‘भरोसा अटुट सम्बन्धको’ भन्ने कम्पनीको नारालाई अझै उचाइमा पु¥याएको बताइएको छ । भूकम्प र बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्टजस्ता प्राविधिकको महत्व कति हुन्छ ? साथै, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्नेजस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू ’शिवम् सन्देश’मा समेटिएका छन् । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुन सक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि ‘शिवम् सन्देश’मा समेटिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया