नेपाली निर्माण व्यवसायीहरूलाई इफाप्काको अवार्ड
काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको छाता संगठन इफाप्काले वितरण गर्ने महत्वपूर्ण अवार्डहरू नेपाली निर्माण व्यवसायीहरूले जितेका छन् । नेपालको निर्माण उद्योगमा विशिष्ट योगदान दिएका कारण इफाप्काको ४६ औं सम्मेलनका क्रममा नेपाली निर्माण व्यवसायीहरूलाई अवार्ड प्रदान गरिएको हो ।
यसअन्तर्गत दुई हजार अमेरिकी डलर राशीको ह्यो तियोङले अवार्ड इफाप्का तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष गणेशलाल श्रेष्ठलाई प्रदान गरिएको छ । तीन हजार अमेरिकी डलर राशिको अत्सुमी अवार्ड दामासाहीरूपले जनही एक हजार पाँच सय अमेरिकी डलरका दरले महासंघका मानार्थ सदस्य समेत रहेका पूर्वअध्यक्ष जीपछिरिङ लामा शेर्पा र महासंघका सल्लाहकार एवम् पूर्वअध्यक्ष यक्षध्वज कार्कीलाई संयुक्तरूपमा प्रदान गरिएको छ । त्यस्तै, एक हजार अमेरिकी डलर राशिको इफाप्का चोइ कन्स्ट्रक्सन फिल्ड अवार्ड पीएस कन्स्ट्रक्सन प्रालिका साइट इन्चार्ज प्रेमबहादुर थापालाई प्रदान गरिएको छ । यी अवार्डहरू इफाप्का अध्यक्ष रवि सिंह र महासचिव वीरेन्द्रराज पाण्डेले प्रदान गरेका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया