Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदुई दिन थपियो इजरायल–हमासको युद्धविराम, विपिन छुट्ने आशामा परिवार

दुई दिन थपियो इजरायल–हमासको युद्धविराम, विपिन छुट्ने आशामा परिवार


काठमाडौं । इजरायल–हमासबीच गत शुक्रबारदेखि लागू भएको चार दिने युद्धविरामको अवधि थप दुई दिन लम्बिएको छ । यसअघिको युद्धविराम आज(सोमबार) सकिँदै थियो । युद्धविराम लागू भएपछि हमास र इजरायलले बन्दीहरूलाई रिहा गरेका थिए ।

हालसम्म हमासले आफ्नो कब्जामा रहेका इजरायली र अन्य देशका नागरिक गरी ५८ जनालाई मुक्त गरेको छ । त्यसको बदलामा इजरायलले पनि प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको छ । उता, युद्धविराम सकिँदा समेत रिहा नभएका कञ्चनपुरका विपिन जोशीको परिवार भने छोराको रिहाइको आशामा छट्पटाई राखेको छ । अहिले दुई दिन थपिएको युद्धविरामबाट विपिनको परिवार छोरा छुट्ने आशामा छ ।

यसअघि विपिनको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), परराष्ट्रमन्त्री एनपी साउँदलगायत सम्बन्धी निकायलाई रिहाइको पहल गर्न आग्रह गर्दै आएको छ । उता, सरकारले पनि विपिनको रिहाईको पहल सम्बन्धित निकायसँग गर्दैै आएको छ । तर, यति हुँदा पनि विपिन भने रिहा भएका छैनन् ।

भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी अहिलेसम्म सम्पर्कविहीन छन् । असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा जोशीसँगै रहेका १० नेपालीको मृत्यु भएको थियो । त्यही दिन बेपत्ता भएका जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् । इजरायलबाट फर्किएका कैलाली भजनी–४ का वीरेन्द्र चौधरीले विपिनलाई हमास समूहले अपहरण गरेर लगेको बताएका थिए ।

नेपालबाट यसअघि विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको पनि रिहाइ गरिदिन विशेष अनुरोध भएको थियो । तर, उक्त सूचिमा विपिन परेनन् । अहिले फेरी युद्ध विराम दुई दिन थप भएको छ । यो बेला रिहाको पहल गर्न विपिनको परिवारले सरकारसँग आग्रह गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया