नेपालमा लगानी गर्न जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया आईकोसासँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज(मंगलबार) आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गरेका हुन् ।
नेपालमा जलविद्युत, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गरेका हुन् । आइकोसाकाका अध्यक्ष डा.कुरोसे नावुहिरो सहितको प्रतिनिधीमण्डलसँग अध्यक्ष मल्लले भने, ‘नेपाल र जापानबीच आर्थिक र कुटनीतिक तवरले उच्चस्तरीय सम्बन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो । जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि म आग्रह गर्दछु । प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहलसमेत गर्ने छौं ।’
नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि लगानी बोर्डमार्फत कानूनी सुनिश्चितता भईरहेको अध्यक्ष मल्लले जानकारी समेत गराए । नेपालमा लगानीको सुनिश्चिततासँगै श्रमशक्ती पनि सस्तो भएको र यहाँ लगानी गरेर उत्पादन गर्न सकिए छिमेकी भारत र चीनमा बजार विस्तार गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उनले जापानी प्रविधि भित्र्याएर उद्योग स्थापनाका लागि साझेदारी गर्न चेम्बर तयार रहेको बताए ।
चेम्बर पदाधिकारीसँगको भेटमा आईकोसाका अध्यक्ष कुरोसे नावुहिरोले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे चासो राखेका थिए । कोभिड १९ पछि विश्वव्यापी रुपमा साना तथा मझौला उद्योग सबैभन्दा बढी प्रभावित भएको उनको भनाई छ । नेपालमा जलविद्युत, पर्यटनलगायत अन्य सम्भावित क्षेत्रमा संयुक्त लगानीका लागि चेम्बरसंग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए । उनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै सम्भावनायुक्त क्षेत्रमा लगानीका लागि आफ्नो देशका उद्यमी व्यवसायीसँग प्रस्ताव गर्ने आश्वासन समेत दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया