बैंक र दुर्गा प्रसाईं
काठमाडौं । विगतमा नेकपा माओवादीका नेता प्रचण्डको दायाँ हातजस्तै बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रचण्डलाई वाईवाई गरी नेकपा एमालेमा प्रवेश गरेका व्यक्ति हुन् । प्रचण्डसँग सम्पत्तिमा कचकच भएकाले प्रचण्डलाई छाडेको भनेर पनि भन्ने गरिन्छ । नेकपा एमालेको नेतृत्वको सरकारले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्ध नदिएकाले नेकपा एमाले छाडेको भनेर पनि भन्ने गरिन्छ तर पनि नेकपा एमाले विरोधी गतिविधि गरेको कारणले दुर्गा प्रसाईंलाई निकालेको भनेर पनि भन्ने गरिन्छ । नेकपा एमालेबाट निष्काशित भएपछि राजावादी बनेर ज्ञानेन्द्र शाह निकट भएको दुर्गा प्रसाईंले लोकतन्त्रलाई अन्त गरेर राजसंस्थालाई पुनस्र्थापना गर्ने भनेर आन्दोलन समेत गरे भन्नलाई त मंसिर ७ गतेपछि गणतन्त्रको अन्त्य हुन्छ भनेर भनेका थिए । तर हात्ती आयो हात्ती फुस्सा भयो । तर मनन् गर्न पर्ने एक जना व्यक्तिले आह्वान गरेको आन्दोलनमा जुनै कारणले आएको भए पनि मासचाहिँ देखिएकै हो यसबाट नेताहरूले पाठ सिक्नुपर्ने देखिन्छ । त्यसो त राजनीतिक विश्लेषकहरूको भनाइमा आन्दोलनमा प्रसाईंलाई मात्र साथ दिनको लागि जनता आएका होइनन् । पछिल्लो समयमा अहिलेका नेता सरकार राजनितिक दलहरूप्रति जनताहरूको वितृष्णा बढेको छ र विभिन्न राजनीतिक दलहरू सरकार र नेताहरूले आमनागरिकहरको लागि केही उल्लेखनीय कामहरू गरेका छैनन्, यो सत्य हो । सरकार नेताहरू देश र जनताको लागिभन्दा पनि आफ्ना आसेपासेहरूको लागि मात्र काम गरेको देखिन्छ । यही आक्रोश व्यक्त गर्नको लागि जनताहरू सडकमा आएको भन्नेहरू पनि देखिन्छ । त्यसो त नेपाली जनताहरू सोझो सिधा राष्ट्रपति पाँच मिनेट बसन्तपुरमा हिँडेको देखेर खुसी भई ताली बजाउने जनताहरूलाई केही चतुर व्यक्तिहरूले आमनागरिकहरूले बैंकबाट लिइराखेको ऋण मिनाहा गरिदिन्छ भनेर भ्रममा पारेको देखिन्छ ।
दुर्गा प्रसाईंले गणतन्त्रको अन्त्य भएको भोलिपल्ट नै ऋणीहरूको ऋण मिनाहा गरेर दोस्रो शंखधर साख्वा बन्नेसम्मको घोषणा गरेको थियो । के यो सम्भव छ ? बैंक तथा वित्त कम्पनीहरू के दुर्गा प्रसाईंकी श्रीमतीको दाइजोले चलेको हो ? त्यस्ता व्यक्तिको पछि लाग्ने जनता कस्ता ? बैंक तथा वित्त कम्पनीहरू न सरकारको पैसाले चलेको छ न राजनीतिक दलहरूको पैसाले न राजा महाराजाहरूको पैसाले चलेको छ न दुर्गा प्रसाईंको श्रीमतीको दाइजोको पैसाले चलेको छ । आम नागरिकहरूले आफ्नो मेहनतको कमाइबाट केही बचाउन र बैंकमा बचत गरेको र लगानी गरेको सेयर र निक्षेपले चलेको हुन्छ र दुर्गा प्रसाईंजस्ताले ६ अर्ब ऋण लिन पाएका छन् । अनि यस्ता कुराहरू नबुझी ऋण मिनाहा गरिदिन्छ भन्ने व्यक्तिको पछि लाग्नेहरू कस्ता हुन् । पछिल्लो समयमा बैंक तथा वित्त कम्पनीहरू मन देखापरिरहेको समस्याका कारण प्रसाईं प्रवृत्तिलाई मान्ने गरेका छन् अर्थविद्हरू र विश्लेषकहरू पछिल्लो समयमा त प्रसाईंले सेयरबजारमा लगानी नगर्न भनेरसम्म भन्न भ्याएका छन् । दुर्गा प्रसाईंले थाहा थिएन होला सेयरबजारले देशको लागि पुँजी निर्माण गरिदिन्छ भनेर त्यसैगरी सेयरबजारमा ठूलाबडाहरूको मात्र होइन माडवारी समुदायको मात्र होइन आमनागरिकहरूको समेत लगानीरहेका हुन्छन् । फुटपाथका व्यापारीहरूको समेत सेयरबजारमा लगानी रहेका छन्, खोई दुर्गा प्रसाईंले बुझेको ? सेयरबजारमा पछिल्लो समयमा ६० लाखभन्दा बढी लगानीकर्ताहरू संग्लन छन् यस्तो बजारलाई दुर्गा प्रसाईंले बिगार्न खोज्ने । यस्ता व्यक्तिहरूलाई नाङ्गेझार पार्न पर्छ भनेर भन्ने गरेका छन् कतिपय लगानीकर्ताहरूले । सापटी भनेको बैंकहरूको मात्र होइन कसैले कसैसँग लिएको सापटी पनि लिर्नपर्छ । अनि बंैक तथा वित्त कम्पनीहरूको ऋण तिर्नुपर्दैन भन्ने लघुवित्तको कर्मचारीहरू सावाँ र ब्याज लिन आएकोमा लखतेर पठाउ कालोमोसो दलेर पठाउ भन्ने कस्तो अराजक विचार । बैंक तथा वित्त कम्पनीहरूले भोग्न परिरहेको समस्या दुर्गा प्रसाईंले निम्त्याएको हो भनेर जानकारहरू बताउँछन् ।
त्यसो त पछिल्लो समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान मानेर प्रतिनिधिसभाका सांसद बनेर तलब भत्ता खाइरहेका सांसदले अहिलेको देशको अवस्था र व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर भनिरहेका छन् । सरकारलाई व्यवस्थालाई सराप्दै छन् । त्यसो त पछिल्लो समयका भ्रष्ट नेताहरूलाई जति सरापे पनि पाप लाग्दैन र यिनीहरू सुध्रिने पनि छैन अब यिनीहरूलाई परिवर्तन गर्नुपर्छ व्यवस्थालाई होइन । देशमा भइरहेको विकृति विसंगति भ्रष्टाचार अनिमियता कमिसनतन्त्रको जालोलाई अन्तर्य गर्ने हो भने देशको अवस्था परिवर्तन गर्ने होे व्यवस्था होइन । के ज्ञानेन्द्र शाहीले भनेजस्तो व्यवस्था परिवर्तन हुँदैमा राजासंस्था राजाको शासन फर्किंदैमा देश बन्छ त । राजाको प्रत्यक्ष शासन आउँदैमा देश बन्छ भन्ने छ र राजाको प्रत्यक्ष शासनमा पञ्चायत व्यवस्थामा पनि राजाको भाइले धीरेन्द्र शाहले राति क्रेन लिएर भक्तपुरको भूपतीन्द्र मल्लको शालिक चोर्न गएको बेला सायद ज्ञानेन्द्र शाही जन्मेको छैन होला । राजाको शासनको अनुभव नगरेको व्यक्तिले राजाको अकालत गर्न पनि ठीक भएन कि ।
के देशको अवस्था र व्यवस्था परिवर्तन भएपछि गणतन्त्रको अन्त्यपछि राजाको शासन आएपछि के देशको समस्याहरू समाधान हुन्छ के आमनागरिकहरूले गास बास कपास सजिलै पाउँछ त देश र जनता धनी बन्छ त देशमा विकासको मूल फट्छ त देशमा अभाव हुँदैन त देशमा कलकारखानाहरू र बन्द भएका कलकारखानाहरू फेरि सञ्चालन हुन्छ त ? बेरोगारीको अन्त्य हुन्छ त ? आम मतदाताहरूले ज्ञानेन्द्र शाहीजस्ता व्यक्तिलाई प्रतिनिधिसभामा पठाएको व्यवस्था परिवर्तन गर्न होइन अवस्था परिवर्तन गर्नको लागि हो देशको लागि आमनागरिकहरूको लागि उपयोगी अनुकूल नीति नियमहरू बनाउनका लागि हो देशमा बन्द भएको कलकारखानाहरू सञ्चालन गर्नका लागि पहल गर्नको लागि हो देशमा भएको विकृति विसंगति भ्रष्टाचार अनिमियता अराजक गतिविधिको अन्त्य गर्नका लागि हो भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि हो खाली भाषणबाजी गर्न अवस्था र व्यवस्था परिवर्तन गर्न र सरकारलाई सराप्नका लागि मात्र होइन लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, अरू हुन सकिँदैन । लोकतन्त्र नै विश्वले नै मानेको उत्कृष्ट व्यवस्था होभन्दा पनि फरक पर्दैन । राजसंस्था राजसंस्था भनेर मात्र पनि हुँदैन, राजसंस्थाको अनुभव हामीले गरेका छौँ, हामीले भोगेका छौँ । त्यस बेला ज्ञानेन्द्र शाही जन्मेको नै थिएनन् होला ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया