Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप


काठमाडौं । लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुलको आधिकारिकरूपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ विक्रेताको रूपमा नियुक्त गरेको हो ।

आधिकारिक विक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आईएमई ग्रुपअन्तर्गतको अटोमोटिभ डिभिजनका सीईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरीय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताअनुरूप मोटुलसँग सहकार्य गरिएको हो । ‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरीय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौँ’ उनले भने । लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो । १७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । टु–ह्विलरदेखि हेभी ड्युटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सबै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया