Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेतालाई सम्मान

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेतालाई सम्मान


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहारअघि भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरूलाई सम्मान गरेको छ । एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको हो ।

यस प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै एक लाख नगद पुरस्कार जित्न सफल भएको छ । सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रूपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ । प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरूमा प्रतियोगीहरूले आ–आफ्नै भिन्न शैलीमा कथाहरू पस्किएका थिए । प्रतियोगितामा मनोज भेले र अवेनिस थापालाई स्पेसल मेन्सन पुरस्कार प्रदान गरिएको थियो । प्रकाश नगरी र उनको समूहलाई शीर्ष पाँच लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यस प्रतियोगितामा विजयी भएका प्रत्येक सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्ने बताए ।

यसैगरी, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु कम्पनीको जिम्मेवारी भएको बताए । स्थानीय कन्टेन्ट अर्थात् सामग्री र प्रतिभाको विकासमा सहयोग पु¥याउने हेतुले आयोजना गरिएको यो प्रतियोगिता आकर्षक कथा र प्रस्तुतिमार्फत दर्शकको मन जित्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहलाई लक्षित रहेको थियो । यस लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डलमा निर्देशक, निर्माता तथा अभिनेता आशिफ शाह र मल्टिमिडिया स्टोरीटेलर तथा द रेकर्ड नेपालकी सहाना बज्राचार्य पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए । विजयीहरूको घोषणा भाइटीकाको दिन गरिएको थियो । उत्कृष्ट लघु चलचित्रहरू सोही दिन एनसेलको सोसल मिडिया प्लेटफर्ममार्फत सार्वजनिक गरिएको थियोे ।

यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरूले दिदीभाइहरूको हृदयस्पर्शीसम्बन्धलाई तीनदेखि पाँच मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने सर्त रहेको थियो । साथै, ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरी कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गर्नुपर्ने सर्तहरू थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया