Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेरेस मिनी ईभीको डेलिभरी सुरु

सेरेस मिनी ईभीको डेलिभरी सुरु


काठमाडौं । विद्युतीय सवारी साधन उत्पादक कम्पनी सेरेसले नेपालमा सेरेस मिनी ईभीको औपचारिक डेलिभरी सुरु गरेको छ । नाडा अटो सोमा शुभारम्भ गरिएको सेरेसले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो रोजाईको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको जनाएको छ ।

कम्पनीका अनुसार सेरेस मिनी ईभी शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी बनाइएको छ । यो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट छ, जसले यसलाई साँघुरा सहरी इलाकाहरूमा नेभिगेट गर्नका लागि एक आदर्श विकल्पको रूपमा उभ्याएको छ । सेरेसले सन् २०२३ मा विश्वकै सबैभन्दा तेज गतिमा विकसित अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । यसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता समेत देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रति सेरेसको समर्पणलाई थप प्रकाश पारेको कम्पनीको दाबी छ ।

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता समेत दिएको छ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरूमा उपलब्ध छन् । यिनीहरूको सुरुवाती मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीका अनुसार सेरेस मिनी ईभी तीन भेरियन्ट लो ट्रिम–१८० किमी बेस अप्सन, मिड ट्रिम–१८० किमी फुल अप्सन र टप ट्रिम–२२० किमी फुल अप्सनमा उपलब्ध छ । यसको मूल्य क्रमशः १३ लाख ९९ हजार रुपैयाँ, १६ लाख ४९ हजार रुपैयाँ र १७ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया