Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षास्न्यापच्याट, पब्जी, फ्रिफायरलगायत एपको प्रतिबन्धबारे अध्ययन हुँदै

स्न्यापच्याट, पब्जी, फ्रिफायरलगायत एपको प्रतिबन्धबारे अध्ययन हुँदै


काठमाडौं । गत कात्तिक २७ गते टिकटक प्रतिबन्ध गरेपछि सरकारले अन्य एपहरूको प्रयोगमा पनि प्रतिबन्ध लगाउने विषयमा अध्ययन गरिरहेको जनाएको छ । अचानक टिकटक बन्द गरिएको भनिए पनि टिकटक र केही अन्य एपमाथि पहिलेदेखि नै अध्ययन भइरहेको प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ प्रकाश रायमाझीले बताएका छन् ।

उनका अनुसार अहिले अरू एपहरूमा राखिने कन्टेन्टले समाजमा पारिरहेको प्रभावबारे अध्ययनको काम भइरहेको छ । उनले भने, ‘बिगो लाइभ, बम्बल, लाइकी, टेलिग्राम र स्न्यापच्याटमा एकदमै एडल्ट कन्टेन्ट डिस्ट्रिब्युट भइरहेको छ । टिन्डर र अन्य डेटिङ एप पनि नेपालमा एकदम चलेको भेटिएको छ ।’ उनका अनुसार यस्ता एपबाट धेरैजसो अपराधिक घटना भइरहेको र मान्छेको आर्थिक स्थितिदेखि परिवार नै तहसनहस भएको घटना भएका छन् ।

सरकार अभिभावक भएको र अभिभावकले सबै कुराको ख्याल गर्नुपर्ने भन्दै रायमाझीले सोसल मिडियाभन्दा पनि एन्टी–सोसल मिडिया जस्तो देखिने एपसम्बन्धमा सामाजिक, प्राविधिक र आर्थिक पक्ष सबै क्षेत्रका विज्ञ राखेर समग्र पाटोको अध्ययन भइराखेको बताए ।

उनका अनुसार गेमिङतर्फ पब्जी र फ्रिफायरलगायतका एपहरू पनि के गर्ने भन्ने अध्ययन भइरहेको छ । सबै एपहरुको सकारात्मक र नकारात्मक दुबै पाटोलाइ ध्यानमा राखेर अध्ययन भइराखेको उनले बताए ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया