इटलीले जुनदेखि यात्रा अनुमति दिने
रोम, जेठ ५
इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समयअनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइनेछ । मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू १२ हप्ताभन्दा पछि हटाइनेछ । इटली युरोपमा फैलिएको कोरोनाभाइरसको प्रकोपको केन्द्रविन्दु बनेको थियो ।
संक्रमण नियन्त्रणका लागि यसले युरोपमा सबैभन्दा कडा मानिएकोे अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो । जसको सुरूमा यूरोपेली मुलुकहरूमा आलोचना पनि भएको थियो तर इटलीले बन्दाबन्दी नै संक्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो । इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका शर्तहरू विस्तारै सहज गर्दै गएको छ । जुन ३ को परिवर्तन अन्तराष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ ।
इटलीमा शनिबारसम्ममा दुई लाख २३ हजार ८८५ संक्रमित भएका छन् भने ३१ हजार ६ सय १० व्यक्तिको मृत्यु भएको छ । यहाँ एकलाख २० हजार २ सय ५ जना निको भएर घर फर्किएका छन् । इटलीभरी अझै ७२ हजार ७० व्यक्तिले संक्रमणका कारण उपचार सेवा लिइरहेका छन् । यीमध्ये ८ सय ८ जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया