अल्लो र कुलुङबीच अन्योन्याश्रित सम्बन्ध
काठमाडौं । हाम्रो देश नेपाल जैविक विविधता, भौगोलिक विविधता, हिमाल, पहाड, भित्री तराई, मधेश, तराई–मधेश, जातीय विविधता, भाषिक विविधता, धार्मिक विविधता सरिसृप, उभयचर, जलचर, झ्याऊ, लेऊ, फूल फुल्ने वनस्पति, जडीबुटी, अन्नपातलगायत चिजबीजमा विश्वमै धनी देशमा गनिन्छ । त्यस्तै, यहाँ सर्वसाधारण र गाउँले भाषामा भाङ्ग्रे सिस्नो वा अल्लो पनि भनिने र कुलुङ जातिले चाहिँ ‘जा–खी’, ‘जाखी–ल्ल’–‘जाखिल्मा’ भन्ने गरेको छ, भाङ्ग्रे सिस्नोको ‘बोट, डाँठ, बोक्रा–रेसा’लाई । सोही वनस्पतिका बारेमा यो लेखमा केही लेख्ने प्रयास गरिएको छ ।
१२ सय मिटरदेखि तीन हजार ३१ सय मिटरसम्मको उचाईमा पाइने र अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा अल्लो अर्थात् ‘भाङ्ग्रे सिस्नो’ पनि भनिने र कुलुङ जातिको मातृभाषामा ‘जाखिल्/जाखिल’ भनिन्छ । यसको बोक्रा वा भनौँ रेसालाई चाहिँ कुलुङ जातिको मातृभाषामा ‘जा–खि’, ‘जाखि–ल्ल’–‘जाखिल्मा’ भन्ने गरिन्छ भनी माथि नै उल्लेख भएको छ । भाङ्ग्रे सिस्नोलाई हालको प्रचलित भाषामा भने ‘अल्लो’ भन्ने गरिएको छ भने अहिले आएर ‘भाङ्ग्रे सिस्नो’ नामभन्दा पनि ‘अल्लो’ नाम नै स्थापित भएको छ, प्रचलनमा आएको छ । हुन त ‘भाङ्ग्रे सिस्नो’ अथवा ‘अल्लो’को नाम नेपालका जात अथवा जातिपिच्छे फरक–फरक रहेको हुन सक्छ । जे होस्, नेपालको मेचीदेखि महाकालीसम्मका ३५ भन्दा बढी हिमाली तथा पहाडी जिल्लाहरूमा अल्लो पाइने गरेको छ । संखुवासभा, सोलुखुम्बु, म्याग्दी, रुकुम, रोल्पालगायत जिल्लामा यसकोे किसानहरूले यसको व्यावसायिक रुपले खेती पनि गर्दै आएका छन् ।
नेपालमा रहेका अल्लोजन्य उत्पादनसँग सम्बन्धित विभिन्न स–साना घरेलु उद्योग र संघ–संस्थामध्ये एक ‘हिमालयन फाइबर फाउन्डेसन नेपाल’का तत्कालीन अर्थ तथा कार्यक्रम निर्देशक भलाकाजी ङोपोचो कुलुङका अनुसार नेपालमा उत्पादित अल्लोजन्य उत्पादनहरू नेपालमा भन्दा पनि विदेशमा उच्च माग रहने गरेको छ । यसरी अल्लोजन्य उत्पादन विदेश निर्यात गरिने देशहरूमा बेलायत, जापान, जर्मनी, अमेरिका, फ्रान्स, क्यानाडा, इटाली, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनलान्ड, दक्षिण कोरियालगायत विकसित देशहरू रहेका छन् । श्री कुलुङका अनुसार यसरी विदेश निर्यात हुने अल्लोजन्य सरसमानहरूमा पनि बढीजसो लत्ताकपडा हुने गरेको छ ।
अल्लोको प्रमुख स्रोत अर्थात् म्याटेरियल भनेको नै अल्लोको बोक्रा अर्थात् रेसा हो । अल्लोको बोक्राको रेसालाई नै धागोको रूप दिएर तान बुन्ने हो । अहिले नेपालमा अल्लोजन्य उत्पादनलाई व्यावसायीकरण गर्नका लागि ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’, ‘नीनाम रीदूम ह्यान्डीक्राफ्ट’, लुमा घरेलु उद्योग, ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ (कूलू गूसखोम) लगायत दर्जनौँ संघ, संस्थाहरू संस्थागत ढंगले नै लागिपरेका छन् । मुख्य गरेर ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’, ‘नीनाम रीदूम ह्यान्डीक्राप्mट’, लुमा घरेलु उद्योगले अल्लो र यसको रेसाजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यसरी नै अल्लो र अल्लोको रेसाजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनमा ‘मेडेप’ नामक गैरसरकारी संस्थाले पनि धेरै लामो समयदेखि आफ्नै ढंगले प्रयत्न गरिरहेको छ । विगतमा ‘मेडेप’ नामक गैरसरकारी संस्थाले अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण, उद्यम विकास आदिका लागि तालिम, जीविकोपार्जनका लागि वन कार्यक्रम आदिसँंग मिलेर पर्वत, बागलुङ, म्याग्दी आदि जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो ।
साना तथा घरेलु उद्योग र तत्कालीन जर्मन सरकार मातहत रहेको जर्मन सहयोग संस्था (जीटीजेट) को सहकार्यमा रुकुम र रोल्पा जिल्लामा अल्लो प्रवद्र्धनका लागि छलफल र तालिम आयोजना गरिसकिएको बताउनुहुन्छ, ‘हिमालयन नेचुरल फाइबर फाउन्डेसन’का तत्कालीन कार्यकारी निर्देशक इन्द्र होनीत्ती कुलुङ । कुलुङका अनुसार अल्लोकोे रेसावाट उत्पादित धागो तथा कपडाहरूबाट विभिन्न सामग्री उत्पादन तथा सप्लाई गर्ने संस्थाहरूमध्ये एक ‘निनाम रिदुम जैविक हस्तकला’ प्रमुख हो । उहाँका अनुसार यसबाहेक ‘होमनेट नेपाल’ले पनि अल्लोको रेसाबाट उत्पादित कपडाबाट हस्तकला उत्पादन गर्ने र बेच्ने कार्य गर्छ ।
हुन त समग्र आदिवासी जनजातिको जीवनशैली प्रकृतिमा आधारित रहेको हुन्छ । त्यस्तै, कुलुङ जाति पनि पूर्णरूपले परापूर्वकालदेखि नै प्रकृतिसंँग खेल्दै÷हुर्किँदै आएको जाति हो । अंग्रेजी भाषामा ‘हिमालयन जायन्ट नेटल’ अनि ठेट नेपाली भाषामा ‘भाङ्ग्रे सिस्नो’ कुलुङ जातिको मातृभाषामा ‘जाखी–जखिल्मा’ भनिने अल्लोसँग कुुलुङहरूको उत्पत्ति कालदेखि नै घनिष्ठ र विशेष सम्बन्ध रहेको देखिन्छ । किनभने कुलुङ जातिको धर्म र संस्कार संस्कृति भनेको बितेर गएका आफ्ना पिता–पूर्खालाई सम्झनु, प्रकृतिलाई पुज्नु (एनिमिज्म) हो । त्यसअन्तर्गत भूमि, अन्न–बाली, डाँडाकाँडा, वनजंगल, बोटबिरुवा, खोलानाला, तालतलैया, पोखरी आदिको पूजा गर्ने प्रचलनहरू पर्छ/हो । यसरी बोटबिरुवाको कुरो गर्दा अल्लो वा भाँग्रे सिस्नो र कुलुङ मातृभाषामा ‘जाखी–जखिल्मा’ भनिन्छ । यसरी हेर्दा कुलुङ जातिमा ‘जाखी–जखिल्मा’को महत्वपूर्ण र पवित्र स्थान रहेको देखिन्छ । किनकि, कुलुङ जातिमा ‘जाखी–जखिल्मा’ विभिन्न उत्सव, महोत्सव धार्मिक परम्परालगायत अन्य कार्यमा परम्परादेखि नै प्रयोग हुंँदै आएको छ । जस्तै, कुलुङ जातिको लोक कथामा वर्णन गरिएअनुसार कुलुङ जातिका पूर्खाहरूले आफ्नो शरीर ढाक्नका लागि सबैभन्दा पहिले अल्लोे अर्थात् ‘जाखी–जखिल्मा’को बोट काटेर बोक्रालाई छुट्छयाएर धागो कातेर लुगा बुनेर लगाउन सुरु गरेका थिए । अहिले पनि कुलुङ जातिको धर्म, चाडपर्व, संस्कार, संस्कृति खास गरी आजापूजा गर्दा थान छोप्ने बोर्की (कपडा) पनि जाखी–जखिल्माबाट बुनेको कपडा नै प्रयोग गर्नुपर्ने अनिवार्य छ । त्यसैले पनि कुलुङ जातिमा अल्लो अर्थात् जाखी–जखिल्माको महत्व धेरै र अनिवार्य रहेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया