Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको शाखा जुम्लामा

कुमारी बैंकको शाखा जुम्लामा


काठमाडौं । कुमारी बैंक लिमिटेडले जुम्लामा पनि शाखा विस्तार गरेको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले जुम्लाको वडा नं. ०६ चन्दननाथ नगरपालिकामा नयाँ शाखाको उद्घाटन गरेको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यसहित उक्त शाखा विस्तार गरेको हो । यससँगै बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गर्दै आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले देशभर रहेका तीन सय नौ वटा शाखा सञ्जाल, तीन सय १५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर र ६४ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया