हुवावेलाई सेमिकन्डक्टर प्रविधिमा पहुँच नदिन नयाँ नियम
वासिड.टन, जेठ ५
अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई सेमिकन्डक्टर प्रविधिमा पहुँच रोक्न नयाँ निर्यात नियम ल्याएको छ । नयाँ नियमले अमेरिकी प्रविधि र सफ्टवेयर प्रयोग गर्ने चिपजन्य सेमिकन्डक्टर निर्मातालाई उत्पादित सामग्री अमेरिकी अनुमतिविना हुवावेलाई शिपिङ गर्न रोक्ने बीबीसीले जनाएको छ ।
हुवावेविरुद्ध अमेरिकाले चालेको यो पछिल्लो र ताजा कदम हो । हुवावेको प्रविधिलाई अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा खतरामा पार्ने आरोप लगाउँदै आएको छ । तर हुवावेले भने अमेरिकी आरोप अस्वीकार गर्दै आइरहेको छ । अमेरिकाले फेरि एकपटक आफ्नो देशको कम्पनीलक्षित नियम ल्याएपछि चीनले अमेरिकी प्रविधि कम्पनीविरुद्ध पनि सोही प्रकृतिको कदम चाल्ने चेतावनी दिएको छ ।
अमेरिकी वाणिज्य विभागले यसअघि नै हुवावेलाई कालोसूचीमा राखिसकेको छ। संसारका फोन प्रणाली र धेरैजसो कम्प्युटरमा अमेरिकी सेमिकन्डक्टर चिपहरु प्रयोग हुन्छन् । यो निर्णयले हुवावेलाई अप्ठ्यारोमा पार्नेछ । चिनियाँ कम्पनीहरुले भने चीनमै यस्ता चिपहरु निर्माण गर्ने लक्ष्यले काम गरिरहेका छन् ।
नयाँ नियम आउँदो शुक्रबार प्रकाशित हुँदै छ । यसले अमेरिकी प्रविधिमा विदेशमै बनेका वस्तुहरु समेत हुवावेलाई दिन प्रतिबन्धित गर्ने बताइएको छ । तर अर्को १ सय २० दिनसम्म हुने चिप, सफ्टवेयरको शिपिङलाई यसले असर गर्नेछैन । अमेरिकाले हुवावेसँग कारोबार गर्ने कम्पनीहरुलाई लाइसेन्स दिने तयारी समेत गरेको छ ।
नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा डोनाल्ड ट्रम्पले चीनविरुद्ध चर्का वक्तव्यबाजी गरिरहेका छन् । उनले विश्व महामारी कोरोना चीनले फैलाएको आरोप समेत लगाउँदै आएका छन् । गत बुधबार त उनले द्विदेशीय सम्बन्ध नै मेटाउने चेतावनी समेत दिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया