Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआईको लाभांश १० प्रतिशत

नेपाल एसबीआईको लाभांश १० प्रतिशत


काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पछिल्लो बैठकले गत आर्थिक वर्षको नाफा मध्येबाट आफ्ना सेयरधनीहरूलाई १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकका अनुसार घोषित लाभांशमध्येमा छ दशमलव ८० प्रतिशत नगद लाभांश र तीन दशमलव ७५ प्रतिशत बोनस सेयर रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवम् बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया