सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा अर्याल
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड)बाट बैंकिङ करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न हुनुहन्छ । निजसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सात वर्षको कार्यानुभव समेत रहेको छ । त्रिभुवन विश्वविद्यालयवाट एमबीए हासिल गरेका निजले स्वदेश तथा विदेशमा गरी दर्जनौँ बैंकिङसम्बन्धी विशेष प्रशिक्षण लिनुभएको साथै लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ ।
यसअघि बैंकको स्वतन्त्र सञ्चालकमा नेपाल सरकारका पूर्वसचिवद्वय बालकृष्ण प्रसाईं तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरू सुदेश खालिङ तथा अनिल ज्ञवालीले समेत योगदान गर्नुभएको थियो । अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ जग थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया