Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीद्वारा ६० लाख न्यू इनर्जी भेइकल उत्पादन

बीवाईडीद्वारा ६० लाख न्यू इनर्जी भेइकल उत्पादन


काठमाडौं । न्यू इनर्जी भेइकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता बीवाईडीले ६० लाख न्यू इनर्जी भेइकलको निर्माण सम्पन्न गरेको छ । यस रेकर्डले विद्युतीय सवारी उद्योगको विकासमा बीवाईडीको प्रतिबद्धताको निरन्तरता देखाउने बताइएको छ ।

कम्पनीले न्यू इनर्जी भेइकलको उत्पादन मात्रै तीन महिनामा १० लाख गरेको छ । तीन महिना अगाडिसम्म ५० लाख भेइकल निर्माण गरेको कम्पनीले हाल ६० लाख वटा निर्माण गरेर द्रूत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ । कम्पनीले बीएओ ५ एसयूभी ६० लाख उत्पादन गरेको हो । यो एसयूभीको ६० लाख उत्पादन उपलब्धिको खुसी प्रतिनिधि कर्मचारीहरूले एकआपसमा बाँडेका थिए । कम्पनीले विभिन्न ब्राण्डहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।

यस्तै, कम्पनीले अक्टोबरमा मात्रै तीन लाखभन्दा बढी न्यू इनर्जी भेइकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हासिल गरेको थियो । प्रविधिमा अग्रणी स्थान लिँदै कम्पनीले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको जनाएको छ । सन् २०१० बाटै कम्पनीले बस र ट्याक्सीजस्ता सार्वजनिक यातायातका साधनहरूको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ । बीवाईडीको विद्युतीय सार्वजनिक परिवहनका साधनहरू अब ७०भन्दा बढी देशको चार सयभन्दा बढी सहरहरूमा सञ्चालनमा छन् ।

यसैगरी विश्वमा पहिचान बढाउँदै कम्पनीले न्यू इनर्जी भेइकलको निर्यात र स्थानीय उत्पादन दुवैमा आफ्नो पहुँच बढाएको छ । हाल ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरी दुई लाखभन्दा बढी गाडीहरू बिक्री गरिसकेको कम्पनीले जनाएको छ । न्यू इनर्जी भेइकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशहरूमा महत्वपूर्ण जित पनि हासिल गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया