टाटा मोटर्सको म्याक्सचेन्ज मेला
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेन्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रूचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।
कम्पनीका अनुसार ग्राहकहरूको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रूचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला शुक्रबारदेखि आइतबारसम्म टाटा मोटर्सको सोरुम थापाथली र सल्लाघारी भक्तपुरमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । म्याक्सचेञ्ज मेलामा निःशुल्करूपमा ईभी गाडीहरूका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्रमार्फत स्मार्ट वाच र बम्पर उपहारमा आईफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।
यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ । साथै, यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन पनि कम्पनीले अनुरोध गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया