Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुडविल फाइनान्सको पहिलो त्रैमासिक नाफा ऋणात्मक

गुडविल फाइनान्सको पहिलो त्रैमासिक नाफा ऋणात्मक


काठमाडौं । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ५० लाख १७ हजार पाँच सय पाँच रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ८४ लाख २३ हजार चार सय ७१ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासिक अवधिमा ११ अर्ब ७८ करोड ७२ लाख ५८ हजार सात सय ४१ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब १२ करोड ५८ लाख ६७ हजार सात सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड १९ लाख चार हजार ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४० लाख ६८ हजार तीन सय ५१ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ६० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले ११ अर्ब ४७ करोड २२ लाख ५४ हजार छ सय तीन रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब छ करोड ४४ लाख ८१ हजार सात सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड दुई लाख ७२ हजार छ सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया