Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाम्चेमा खुल्यो अमेरिकन ब्रान्ड कोलम्बिया

नाम्चेमा खुल्यो अमेरिकन ब्रान्ड कोलम्बिया


सोलुखुम्बु । अमेरिकन कोलम्बिया ब्राण्डको शाखा नाम्चेमा स्थापना गरिएको छ । हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री पर्यटकीय क्षेत्रमै उपलब्ध गराउने उद्देश्यले कोलम्बियाको नेपालमा तेस्रो शाखा पर्यटकीय स्थल नाम्चे बजारमा स्थापना गरिएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

यसअघि कोलम्बिया ब्राण्ड काठमाडौंको ठमेल र पोखरामा थियो । हिमाल आरोहणका लागि आवश्यक व्यक्तिगत प्रयोगमा आउने सबै खालका सामग्री अब नाम्चेमै पाइने शेर्पाको भनाइ छ । ब्राण्डको उद्घाटन पहिलो खुम्बु आइसफल डाक्टर लाम्पा गेले शेर्पाले रिवन काटेर गरेका थिए । अमेरिकाको पोर्टल्याण्डमा मुख्य कार्यालय रहेको उक्त ब्राण्ड पर्यटन क्षेत्रमा स्थापित छ । गुणस्तर सुनिश्चितताका कारण उपभोक्ताको माग नेपालको पर्यटन क्षेत्रमा बढेको व्यवसायीहरू बताउँछन् । यस क्षेत्रको अर्थतन्त्र थप चलायमान बनाउन ब्राण्ड स्थापनाले योगदान पुग्ने विश्वास लिइएको छ । साथै, हिमाल आरोहणका लागि आवश्यक सुरक्षाका सामाग्रीहरू किन्न ठमेल धाउनुपर्ने बाध्यता पनि हटेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया