‘धेरै उपभोक्ता ठगिने मुलुकमा नेपाल अगाडि’
काठमाडौं । संविधान र कानुनमा उपभोक्ता अधिकारको कुरा गरे पनि नेपाली उपभोक्ताहरू अत्यावश्यक वस्तुमा समेत गठिने गरेको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । आइतबार भक्तपुरको चाँगुनारायणमा आयोजित उपभोक्ता सचेतनासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरूले कानुनले दिएको अधिकार पनि सरकारी निकायले कार्यान्वयन गर्न नसक्दा उपभोक्ताहरू ठगिन बाध्य भएको गुनासो गरेका हुन् ।
चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारको विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा उनले कानुनी दृष्टिले नेपालमा विश्वकै उत्कृष्ट उपभोक्ता अधिकार भएको भए पनि कार्यान्वयनका दृष्टिले सबैभन्दा कमजोर अवस्था रहेको बताए । उनले नेपालको संविधानले स्वच्छ वातावरण उपभोक्ता संरक्षणजस्ता विषयमा स्पष्ट उल्लेख गरेको भए पनि कार्यान्वयनका दृष्टिले नेपालमा धेरै कमजोर अवस्था रहेको बताए । महर्जनले नेपालका अधिकांश पालिकाहरूले उपभोक्ता अधिकारको बारेमा कुनै चासो नदिएको भए पनि चाँगुनारायण नगरपालिकाले उपभोक्ता अधिकारका लागि विभिन्न कार्यक्रम गर्दै आएको भन्दै नगरपालिकाको प्रशंसा गरे ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले संविधान र कानुनले प्रदत्त गरेका उपभोक्ता अधिकारलाई कार्यान्वयन गर्न नसक्नु पनि भ्रष्टाचार रहेको भन्दै आफूहरूले उपभोक्ता अधिकारलाई गम्भीरताका साथ लिएर अनुगमन गर्ने गरेको सुनाए । उनले सबै पक्षले आ–आफ्नो स्थानमा गम्भीर भएर काम गर्नुपर्ने भन्दै एउटा सरकारले अर्काे सरकारलाई दोष दिएर उपभोक्तामाथि खेलवाड गर्न नमिल्ने बताए । उनले जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीसँग मिलेर काम गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पछिल्लो समय स्थानीय तहसँग मिलेर जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्दै आएको बताए । निरौलाले स्थानीय तह, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी आदिको सहयोगमा यस्ता कार्यहरू नियमित भइरहेको बताए । आफूहरूको अनुगमनले इमान्दारीपूर्वक काम गर्ने व्यवसायीको व्यवसायमा असर नगरेको उनले बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले नगरपालिकाले बिहान–बेलुका र बिदाको दिन समेत नभनी उपभोक्तासँग जोडिएको विषयमा अनुगमनको काम गर्र्दै आएको बताए । उनले बजार अनुगमनको कामलाई तीन चरणमा विभाजन गरेर पहिलो चरणमा प्रचारप्रसार गर्ने, दोस्रो चरणमा घरदैलोमा जाने र तेस्रो चरणमा कैफियत भएकालाई कारबाही गर्नेगरी योजना निर्माण गरिएको बताए ।
कार्यक्रममा घरेलु तथा किराना पसल संघ, उद्योग वाणिज्य संघ भक्तपुरका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले उपभोक्ता अधिकारका लागि चाँगु नारायण नगरपालिकाले गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्दै उपभोक्ता सचेतनाका लागि गरिएको कार्यक्रममा सहकार्य गरेकोमा नगरपालिकालाई धन्यवाद दिए । उनले विभिन्न संघसंस्थासँग मिलेर सञ्चार केन्द्रले अध्ययन अनुसन्धानको कामहरू समेत गरेको भन्दै यसपालि उपभोक्ता अधिकारका लागि यस कार्यक्रम आयोजना गरिएको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया