प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीचमा सम्झौता भएको छ । आइतबार उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले तथा मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहनमान जोशीले हस्ताक्षर गरेका हुन् ।
यो सम्झौताअनुसारअन्तर्गत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरूले मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिँदा २५ प्रतिशत छुट अफर पाउने भएका छन् । यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो आईडी कार्ड प्रस्तुत गर्नुपर्नेछ, जसका आधारमा इम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ । यो अफर क्यापिटलका हितग्राही ग्राहकहरूले सम्झौता अवधिदेखि आगामी दुई वर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि इम्पेक्सको सम्पूर्ण शाखाहरूबाट प्राप्त गर्न सक्नुहुनेछ । यसले बागबजार, न्युरोड, गाबाल, सामाखुशीमा रहेका चारवटा आउटलेटमार्फत सेवा प्रदान गर्छ ।
प्रभु क्यापिटल र मेरिना इन्पेक्स एन्ड टेलरिङ सेन्टरबीचको यो सम्झौताले क्यापिटलका ग्राहकहरूलाई सर्टिङ, सुटिङ तथा टेलरिङ सेन्टरको सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ‘प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरूका लागि प्रभावकारीरूपमा मर्चेन्ट बैकिङ सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय–समयमा यस्ता व्यावसायिक सम्झौता गरी यस्ता छुट तथा अफर सुविधा दिन समेत कम्पनी सधैँ अग्रसर रहेको छ’ भनी प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत गौचनले बताए ।
प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो, जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने, पुँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्नुका साथै आफ्ना प्रोडक्टहरूसँगै गाँसी सामाजिक उत्तरदायित्व कार्य समेत बहन गर्दै आइरहेको छ । मेरिना इन्पेक्सले सन् १९८३ देखि ग्राहकको सेवामा गुणस्तर र प्रतिस्पर्धी मूल्यको साथ उत्कृष्ट सेवा प्रदान गर्ने एक अग्रणी सुट र सुटिङ टेलरिङ हो । मेरिना इम्पेक्सले ग्राहकलाई सुट, दौरा सुरुवाल, पार्टी वेयर, अफिस वेयर आदि उपलब्ध गराउँछन् । टु कम्प्लिट योर पर्सनालिटी भन्ने लक्ष्य राखेको मेरिना इम्पेक्सले स्तरीय कपडा र उच्चतम गुणस्तरीय सेवा दिनका साथै ग्राहकको व्यक्तित्व सुहाउँदो कपडा सिलाउनलाई सुझाव समेत दिने गर्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया