सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक सोरुम सातदोबाटो नेपाली जुत्ताघर सञ्चालनमा आएको छ ।
यस सामूहिक सोरुमको एक कार्यक्रमका बीच बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका छन् । कार्यक्रममा उनले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगतरूपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका निभाउने बताए । साथै, उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिकरूपमा योगदान दिएको बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारी सदस्य, वर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरूको उपस्थिति रहेको थियो । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली जुत्ता उत्पादक समूहद्वारा सामूहिक सोरुम अवधारणअन्तर्गत खोलिएको यस सातदोबाटो नेपाली जुत्ताघर पाँचौँ सोरुम हो । यसअघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामूहिक सोरुमको उद्घाटन गरिसकेको छ ।
यस सोरुममा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रूचि र चाहनाअनुरूपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरूको विश्वास रहेको छ । साथै, विभिन्न व्यापारिक च्यानलमार्फत बजारमा उत्पादन पठाउँदा वस्तुको मूल्य वृद्धि हुने र यसले उत्पादक र उपभोक्ता दुवै पक्ष मारमा पर्ने भएकाले सामूहिक सोरुमको यस अवधारणअन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरू प्राप्त गर्ने बताइएको छ । सातदोबाटो नेपाली जुत्ता घरमा बीएफ डियर हिल र बीएफ स्पोट, रोयल सुज, फस्टवाक सुज, क्रस रोड सुज, डीजे सुज, कोसेली छाला जुत्ता, रन सुज र स्मार्ट सुज गरी आठवटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरू आकर्षक छुटमा उपलब्ध रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया