अमेरिकी नियमप्रति हुवावेले आपत्ति जनायो
चीन, जेठ ६
अमेरिकाले सेमिकन्डक्टर प्रविधि निर्यातसम्बन्धी आफूलक्षित नियम परिवर्तन गरेपछि हुवावेले विरोध गरेको छ। चिनियाँ प्रविधि कम्पनी हुवावेले अमेरिकी वाणिज्य विभागले गरेको उक्त नियम परिवर्तनको विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । हुवावेलाई अमेरिकाले गत वर्ष मे १६ मा कालोसूचीमा राखेको थियो । त्यसलाई हुवावेले दोषविनाको सजाय भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त समयदेखि नै एउटा पनि औद्योगिक र प्राविधिक वस्तु हुवावेले पाएको छैन तर पनि हामी सबैजसो अमेरिकी नियम पालनामा प्रतिबद्ध रहँदै आएका छौँ ।’ उसले यसका बाबजुद पनि ग्राहक र आपूर्तिकर्ताको माग पूरा गरिरहेको जनाएको छ। अमेरिकी अवरोधका बाबजुद कम्पनी निरन्तर अगाडि बढिरहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।
अमेरिकाको पछिल्लो कदमले विश्वव्यापी औद्योगिक क्षेत्रलाई चुनौती थपेको हुवावेले जनाएको छ । नयाँ नियमले हुवावेले १ सय ७० देशमा सुरु गरेको अर्बौँ डलरको नेटवर्कसम्बन्धी कार्यहरुमा प्रत्यक्ष प्रभाव पार्ने जनाएको छ । नयाँ नियमले हुवावेको उत्पादन र सेवा लिइरहेका विश्वका ३ अर्ब जनसंख्याको सञ्चार सेवालाई पनि प्रभाव पार्ने कम्पनीले जनाएको छ । अमेरिकाले नेटवर्क सुरक्षाको नाममा कम्पनीविरुद्ध कदम चालेको भन्दै हुवावेले कडा विरोध गरेको छ ।
यसले विश्वकै सेमिकन्डक्टर उद्योगलाई प्रत्यक्ष प्रभाव पार्ने हुवावेले जनाएको छ । कम्पनीले भनेको छ, ‘यसले हुवावेलाई मात्र नभई अमेरिकामा रहेका प्रविधि र आपूर्ति प्रणालीलाई नै खतरामा पार्ने र अमेरिकी स्वार्थलाई धरापमा पार्नेछ ।’ हाल कम्पनीले नयाँ नियमको अध्ययन गरिरहेको बताएको छ । यसको उपयुक्त समाधान खोज्ने पनि हुवावेले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया