नबिल बैंकको साधारणसभा पुस १२ गते
काठमाडौं । नबिल बैंक लिमिटेडको ३९ औं वार्षिक साधारणसभा यही पुस १२ गते हुने भएको छ । यसअघि बैंकले यही पुस १३ गते वार्षिक साधारणसभा गर्ने मिति घोषणा गरेको थियो । तर बैंकले पछिल्लो पटक सूचना जारी गर्दै साधारणसभाको पूर्वनिर्धारित कार्यतालिका संशोधन गरी पुस १२ गते वार्षिक साधारणसभा गर्ने जानकारी दिएको हो ।
सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशतका दरले हुन आउने दुई अर्ब ९७ करोड ६२ लाख ८९ हजार छ ४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक बैंकको नियमावलीका नियमहरू संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी पनि बैंकले गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही मंसिर २९ गते एकदिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया