काठमाडौं । आगलागीबाट छुट्टाछुट्टै स्थानमा २७ लाख बराबराको धनमाल नष्ट भएको छ । ईलाममा १७ लाख र सुनसरीमा १० लाख रूपैयाँ गरी २७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
ईलामस्थित सूर्योदय नगरपालिका–१० आले बस्ने कमला सुब्बाको घरमा रहेको किराना पसलमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर, पसलको सामान, भाडावर्तन, लत्ताकपडा र नगद समेत गरी करिब १७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरीस्थित ईटहरी उपमहानगरपालिका–६ हटिया लाईनस्थित भारत जोगवनी घर भएको महमत सोनु अन्सारीको कपडा पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलमा रहेको सम्पूर्ण कपडा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया