Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र एक्सिम बैंक अफ इन्डियाबीच आयात निर्यात व्यापारसम्बन्धी सम्झौता

नेपाल बैंक र एक्सिम बैंक अफ इन्डियाबीच आयात निर्यात व्यापारसम्बन्धी सम्झौता


काठमाडौं । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक अफ इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु ट्रेड एसिस्सटेन्स प्र्रोग्राम (टीएपी)अन्तर्गत सम्झौता भएको हो । नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।

नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।

दुई संस्थाहरूबीच नोभेम्वर ७ मा भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भनिन, ‘हामी एक्जिम बैंक अफ इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौँ र आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी एक्जिम बैंकसँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा छौँ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया