जेम्स ग्रुपद्वारा दोलखाका विद्यार्थीलाई सहयोग
काठमाडौं । जेम्स ग्रुप सर्भिस एजुकेसन कन्सलटेन्सी काठमाडौंले दोलखा विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । जेम्स ग्रुपले भीमेश्वर नगरपालिकामा रहेका विभिन्न पाँचवटा विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई झोला, पोशाकलगायत शैक्षिक सामग्रीहरू वितरण गरेको हो ।
जाडो मौसममा प्रयोग गरिने ट्र्याकसुट, स्वीटर, पञ्जा, मोजा, टोपी, स्टेसनरी, स्कुल ब्याग र खाजा सेटलगायतका सामग्री प्रदान गरेको जेम्स ग्रुपका प्रोपाइटर कलराज थापाले जानकारी दिए । उनका अनुसार भीमेश्वर नगरपालिका वडा नम्बर– ७ को हरिकृतन आधारभूत विद्यालय, कुप्रिडाँडा आधारभूत विद्यालय र वीरेन्द्र आधारभूत विद्यालय तथा वडा नम्बर– ६ को महाकाल आधारभूत विद्यालय र अल्पाइन पब्लिक स्कुलका विद्यार्थीहरूलाई सो सामग्री उपलब्ध गराइएको हो । यस्तै, उनले आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा पनि सहयोग गर्ने बताए । यसअघि पनि जेम्स ग्रुपले भीमेश्वर नगरपालिकामा रहेका दुईवटा सामुदायिक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको थियो ।
त्यसैगरी भीमेश्वर–६ स्थित आमाको माया छात्रावासका विद्यार्थी र वडा नम्बर– ५ स्थित गौरीशंकर बालगृहका विद्यार्थीहरूका लागि समेत स्कुल ब्याग, शैक्षिक सामग्री र खाजा सेट उपलब्ध गराएको सो संस्थाले जनाएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया