Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीहृयाम्स अस्पताल सम्मानित

हृयाम्स अस्पताल सम्मानित


काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको १० औँ नगर स्थापना दिवसको अवसरमा हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) सम्मानित भएको छ ।

अस्पतालले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले नगरपालिकाले सम्मान गरेको हो । नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी थिइन् । ‘आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गरेकाले १० औँं नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरूप यो सम्मानपत्र प्रदान गरिएको छ,’ नगरपालिकाले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।

नगरपालिकाले गरेको यस सम्मानले थप ऊर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलोपटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया