Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशौर्य सिमेन्ट उद्योगको भारततर्फ क्लिङ्कर निर्यात

शौर्य सिमेन्ट उद्योगको भारततर्फ क्लिङ्कर निर्यात


काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सुरुवात गरेको छ । कम्पनीले यही मंसिर १६ गतेबाट क्लिङ्कर निर्यात गर्न सुरु गरेको हो ।

शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह र सहायक महाप्रबन्धक विकास खड्काले संयुक्तरूपमा रिवन काटी निर्यातको सुरुवात गरेका थिए । उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा न्यूनः न्इ तथा उच्चस्तरीय चुनढुङ्गा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको छ । उद्योगले माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरुवात गरेको थियो । यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ । व्यावसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले ओपीसी (५३ ग्रेड, ४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया