ज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा पाँच करोड
काठमाडौं । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड आठ लाख दुई हजार आठ सय १२ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २२ करोड २३ लाख सात हजार दुई सय ९६ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ५५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ६१ अर्ब ८० करोड ५९ लाख ४४ हजार ९७ रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १२ करोड ५१ लाख ७९ हजार चार सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ३९ लाख ९१ हजार छ सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १३ करोड १५ लाख ६४ हजार दुई सय ७९ रुपैयाँ ऋणात्मक रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ५९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६१ अर्ब १३ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब १९ करोड ८७ लाख ९५ हजार ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५९ करोड ६३ लाख ६५ हजार आठ सय २१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा २२ करोड २३ लाख सात हजार दुई सय ९६ रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ७४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया