सीताराम मिल्क्सद्वारा उपहार योजनाको विजेता घोषणा
काठमाडौं । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रालिले चाडपर्वको अवसरमा ल्याएको उपहार योजनाको विजेताहरूको नाम घोषणा गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको थियो । कम्पनीले सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरेर सो योजनाका विजेताहरू घोषणा गरेको हो ।
‘लक्की ड्र’मार्फत विजेताले प्रथम पुरस्कारस्वरूप हिसेन्स मल्टी डोर फ्रिज प्राप्त गरेका छन् । साथै, सोही ‘लक्की ड्र’मार्फत् दोस्रो र तेस्रो पुरस्कारका विजेताहरू पनि घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा हिसेन्सकै ५० इन्चको टिभी रहेको छ भने तेस्रो पुरस्कारमा वासिङ मेसिन रहेको छ ।
यसका साथै २० जनाले सान्त्वना उपहारका रूपमा इन्डक्सन, हिटर÷वाटर हट पट प्राप्त गरेका छन् । विजेताहरूको सम्पूर्ण विवरण सिताराम दूधको आधिकारिक फेसबुक पेजमा हेर्न सकिने बताइएको छ । उक्त कार्यक्रमको सञ्चालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले गरेका थिए । उपहार योजनाअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा विजेता घोषणा भएका हुन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया