Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोकाकोलाको ‘कोक बडी’ एप

कोकाकोलाको ‘कोक बडी’ एप


काठमाडौं । कोकाकोला बेभरेज नेपालले ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले जुनसुकै समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरमार्फत कोकाकोलाका पेय पदार्थ चाँडो र सहजरूपमा अर्डर गर्न सकून् भन्ने उद्देश्यले यो एप लन्च गरिएको कम्पनीले जनाएको छ ।

यो नयाँ मोबाइल एप्लिकेसनले कोकाकोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटलरूपमा रूपान्तरण गर्ने कम्पनीको विश्वास छ । कोकाकोला नेपाल र यसको विशाल वितरण सञ्जालभित्रको सञ्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो । यसले वितरक र आउटलेटहरू बीच रियल–टाइम कनेक्टिभिटीलाई कायम राख्ने कम्पनीको दाबी छ । यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाइज गर्ने, इन्भेन्ट्री भिजिबिलिटी सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरू दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर दीपक नाथ सेन्थिलले कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहजरूपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको बताए । अझै पनि परम्परागतरूपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि चौबिसै घण्टा अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठूलो परिवर्तन भएको उनको भनाइ छ । अब कुनै आउटलेटले कोकाकोलाको कुनै पनि पेय पदार्थहरू अर्डर गर्नका लागि केवल प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लगइन गर्न सक्ने कम्पनीको भनाइ छ । त्यसपछि उनीहरूले आफूले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउने र उनीहरूको अर्डर तुरुन्तै प्रोसेसमा जाने बताइएको छ ।

यस्तै, कम्पनीले आउट्लेटहरूको डिजिटल एक्स्पेरियन्सलाई अझै सुधार गर्न र उनीहरूको कार्यविधिलाई अझै प्रभावकारी बनाउन क्युआर कोडबाट मात्र भुक्तानी लिने निर्णय गरेको छ । कोकाकोला बेभरेज नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले कोक बडी एपको मुख्य विशेषताहरू भनेको यसमार्फत जहाँबाट पनि जुनसुकै समयमा पनि मात्र एक मिनेटमा अर्डर गर्न सकिने रहेको बताए । त्यस्तै, यस एपमा रियल–टाइम अर्डर म्यानेजमेन्ट, इन्भेन्ट्री ट्र्याकिङ गर्नका साथै प्रमोसन र मार्केटिङको लागि पनि सपोर्ट उपलब्ध हुन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया