काठमाडौं । विराटनगर र सुर्खेतमा भएको आगलागी नियन्त्रणमा नेपाली सेनाले सहयोग पुर्याएको छ । बुधबार मोरङस्थित विराटनगर महानगरपालिकाको कवाडी स्टोरमा लागेको आगोबाट घाइते चार जनालाई सोनाले हवाई उद्धार गरेको थियो भने बिहीबार सुर्खेतमा भएको आगलागी नियन्त्रणमा फौजले सहयोग पुर्याएको हो ।
विराटनगर महानगरपालिका–७, सातघुम्तीस्थित कवाडी स्टोरमा भएको आगलागी भैरव गणबाट खटिएको फौजले नियन्त्रण कार्यमा सघाउ पुर्याउनुको साथै उक्त आगलागीबाट गम्भीर घाइते भएका चार जनालाई नेपाली सेनाको हवाई साधनद्वारा उद्धार गरी काठमाडौं ल्याएको छ ।
त्यसैगरी, आज(बिहीबार) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कालिञ्चोकस्थित फर्निचर उद्योगमा भएको आगलागी नियन्त्रण गर्न कालीबहादुर गणबाट परिचालित फौजले सहयोग पुर्याएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो
- कोषमा नपुगी मारवाडीबाट बाहिरियो मन्त्रालयको पत्र
- नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री
- ‘वीरगञ्ज नाकाबाट हुने आयात लयमा फर्कियो, व्यापार र उद्योग अझै फर्किएन’
- शेयर बजारमा सामान्य बृद्धि
- ‘हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्छ’
- बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु
- नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा एक सय ४० भन्दा बढीको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया