Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान

लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान


खोटाङ । सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । खोटाङस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी मुद्दामा क्याप्टेन सुनिलसहित उनकी पत्नी रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जेल चलान भएका हुन् ।

खोटाङ जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा बिहीबार साँझ उनीहरु जेल चलान भएका छन् । सुनिल र उनकी श्रीमती रविनालाई गत असोज १३ गते तथा प्रबन्धक जोशीलाई असोज १७ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।

क्याप्टेन सुनिल लालुपाते सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीका सहोदर भाइ हुन् । अनिलको भने मृत्यु भइसकेको छ । तत्कालीन अध्यक्ष जोशीको निधनपछि २०७८ वैशाख–१६ गतेदेखि उक्त सहकारी बन्द छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया