अमेरिका पठाईदिन्छु भन्दै ६४ लाखबढी ठगी गर्ने युवा पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु भन्दै ६४ लाखभन्दा बढी रकम ठगी गर्ने एक युवा पक्राउ परेका छन् । कैलाली टिकापुर नगरपालिका घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षीय रमेश न्यौपाने बिहीबार पक्राउ परेका हुन् ।
गणेश अधिकारीसमेत गरी पाँच जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि मासिक ३० लाख रुपैयाँ तलबमा प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै उनी ठगी गरेर फरार थिए ।
उनीहरुलाई विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई न्यौपाने सम्पर्कविहीन भएका थिए । प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- नेपाल डिस्टिलरीजद्वारा कास्क सिरिज रमको सीमित उत्पादन
- एंकर वाई प्यानासोनिकको जिभा स्विच सकेट नेपालमा
- ‘रोयल्टी बाँडफाँटका सूचकलाई परिवर्तन गर्नुपर्छ’
- व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह
- पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध
- समसामयिक राजनीतिक व्यङ्ग्य
- साढे दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या
- अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा विकल र सफललाई आठ वर्ष कैद हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया