Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधआइफोन गिफ्ट दिने नाममा अनलाईनमार्फत ठगी गर्ने युवा पक्राउ

आइफोन गिफ्ट दिने नाममा अनलाईनमार्फत ठगी गर्ने युवा पक्राउ


काठमाडौं । अनलाईनमार्फत ठगी कार्यमा संग्लन बाँके कोहलपुरका २५ वर्षीय रमेश श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले सामाजिक संजालमार्फत आइफोन मोबाइलहरु बिक्रीमा राख्ने र पठाउन डेलिभरी चार्ज लाग्छ भनि रकम ठगी गर्दै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सामाजिक संजाल फोसबुक, टिकटक, इन्स्ट्राग्रामको मार्केट प्लेसमा फेसबुक पेज:टर्म इलेक्ट्रिक गडगेट्स नाम राखि सस्तोमा आइफोन १२ र १३ प्रो मोबाइलहरु गिफ्ट दिने प्रलोभन र मोबाईल बिक्रीको झुट्टा विज्ञापन राख्ने गर्दै आएका थिए ।

त्यसरी राखिएका सामानको सम्बन्धमा निवेदकहरुसँग अनलाइनमा च्याट गरी डेलिभरीको सामान आईपुगेको छ, तपाईंले कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पीडितलाई बिश्वास दिलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा पैसा पठाउन लगाउथे ।

त्यसरी पठाएको आठ लाख चार हजार नौ सय ८५ रुपैयाँ ठगी गरेकोले श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया