दुई किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । रसुवा जिल्लाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको दुई किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट दुई किलोग्राम सुनसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् ।
भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कर्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा उक्त गाडीको गियरबक्स एरियामा बिस्कुट आकारमा दुई थानमा रहेको उक्त पहेलो धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।
साथै, उनीहरूको साथबाट ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया