नेपाल लाइफद्वारा साढे ६९ अर्ब दाबी भुक्तानी
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोडको दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानीबापत पाँच अर्ब ६८ करोड, परिपक्व दाबी भुक्तानीबापत १९ अर्ब ७८ करोड र अग्रिम दाबी भुक्तानीबापत २३ अर्ब ४४ करोड दाबी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दाबी भुक्तानी गर्ने कम्पनीको रूपमा नेपाल लाइफ स्थापित भएको छ ।
नेपालको बीमा क्षेत्रमा सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा १३ हजार पाँच सय १२ जनाका हकवालाहरूलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेन्सनल प्लानअन्तर्गत ११ हजार एक सय ७७ जना लाई तीन अर्ब ७१ करोड र वैदेशिक रोजगारीतर्फ दुई हजार तीन सय ३५ जनालाई एक अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ । कम्पनीले आफ्नो दाबी प्रक्रियालाई सहज बनाएको र दाबीका निम्ति कागजात प्राप्त हुनेबित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको छ ।
यस आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदनमध्ये ९३ प्रतिशत दाबी फछ्र्याैट भइसकेको कम्पनीले जनाएको छ । सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी तीन कार्य दिनभित्र र सामान्य मृत्यु दाबी भुक्तानी सात कार्य दिनभित्र नै भुक्तानी गर्ने यस कम्पनीले प्रबन्ध मिलाएको छ । यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको छ । यसैगरी ६७ प्रतिशत निवेदन एक हप्ताभित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिनाभित्र कम्पनीले गरेको छ । कम्पनी एक सय प्रतिशत दाबी यथाशीघ्र भुक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरू समयमा उपलब्ध नहुँदा केही दाबी भुक्तानी गर्न ढिलाइ भएको कुरा कम्पनीले जनाएको छ । दाबी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो वेभसाइटमा समेत सूचना सम्प्रेषण गरेको छ । दाबी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए यस कम्पनीको दाबी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आह्वान गर्छ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्यूनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकास गरिसकेको कुरा कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरूलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको छ । यसै क्रममा यस कम्पनीले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताएका छन् । आर्थिक वर्ष २०७९/८० मा ९९ दशमलव १३ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ९९ दशमलव शून्य सात प्रतिशत मृत्यु दाबी भुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्तरूपमा मृत्यु दाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भएलगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत पराजुलीले व्यक्त गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया