Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र इनलाइटन मोर्टसबीच सम्झौता

सिटिजन्स बैंक र इनलाइटन मोर्टसबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकलाई सहुलियत दरमा ऋण दिने विषयमा सम्झौता भएको छ । बैंक र कम्पनीबीचको यो सम्झौतामा बीवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको हो ।

यो सम्झौताअनुरूप ग्राहकले केवल एक प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम आठ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउने छन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा सर्तहरू लागू हुनेछन् । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ८१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया