कानुन निर्माणमा बागमती प्रदेश अगाडि: सभामुख पाठक
भक्तपुुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताएका छन् । बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उनले यस्तो बताएका हुन् ।
प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवको लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने कार्यक्रममा सभामुख पाठकले बागमती प्रदेशसभाले गरेको हरेक काम र गतिविधि अरु प्रदेशका लागि पनि सिकाइ र उदाहरणीय बन्न सक्ने बताए । उनले भने, ‘प्रदेशको ऐन, नियम, कानुन, विधेयक निर्माणलगायतका काममा प्रदेशसभाका विषयगत समितिको ठूलो भूमिका रहन्छ, साथै सरकारको विभिन्न कार्यलाई सक्रिय बनाउने, अध्ययन अनुसन्धान गर्ने दायित्व पनि समितिकै रहेको हुन्छ ।’
संसद्को मुख्य काम ऐनको रुप दिनु भए पनि त्यसअघि ऐन निर्माणका लागि सूक्ष्मरुपमा अध्ययन गर्ने, विश्लेषण गर्ने र आवश्यकताअनुसार थपघट गर्ने काम समितिकै भएको उनको भनाइ थियो । उनले भने, ‘सामान्यतया विधेयक सरकारले नै ल्याउने हो, तर विधेयक निर्माणको क्रममा त्यसकोबारेमा अधिकतम छलफल गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्ने, अनुसन्धान गर्ने परम्परा हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।’
कार्यक्रममा उपसभामुख अप्सरा चापागाईको प्रदेशसभाका विषयगत समिति प्रदेशसभा र सरकारको काममा सहयोग गर्न सक्रिय हुनुपर्ने भनाइ थियो । कार्यक्रममा प्रदेशसभाका सचिव कृष्णहरि खड्का, अर्का सचिव पूर्णबहादुर दर्जीलगायतले कार्यक्रमको उपलब्धिका बारेमा चर्चा गरे । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया