भिभो वाई२७एस नेपालमा
काठमाडौं । भिभोले वाई सिरिजअन्तर्गत नवीन विशेषता र शानदार स्टाइल भएको वाई२७एस नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, शानदार प्रस्तुति र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको छ ।
अल्ट्रा–स्लिम डिजाइनमा आउने वाई२७एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रिनमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार वाई२७एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ । साथै, यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ । यसबाहेक ८ जीवी + ८ जीवी एक्सटेन्डेड ¥यामले सहज र निर्बाध अनुभव प्रदान गर्छ । यसमा २५६ जीवी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । कम्पनीका अनुसार स्लिक कर्भ र जीवन्त रंगहरू–बरगन्डी ब्ल्याक र डाइमण्ड टेक्सचर भएको गार्डेन ग्रिनमा उपलब्ध यस फोनले सबैको ध्यान तान्छ । यसको २.५डी फ्ल्याट फ्रेम र अल्ट्रा स्लिम डिजाइनले दुवै कार्यक्षमता तथा एस्थेटिक अपिल सुनिश्चित गर्छ । यस फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सुविधा रहेको छ । वाई२७एसमा ५० एमपी एचडी मेन क्यामेरा, २ एमपी बोकेह क्यामेरा र ८ एमपी एचडी फ्रन्ट क्यामेरालगायतका अत्याधुनिक सुविधाहरू समावेश छन् । यसका साथै फोनमा स्टाइलिस पोट्र्रेट, बोकेह फ्लेयर पोट्र्रेट र डबल एक्सपोजर विशेषताहरू छन् ।
यस स्मार्टफोनको लञ्चसँगै भिभोले ह्यासट्याग भिभोकुल एम्बेस्डर अफरअन्तर्गत तीन जना भाग्यशाली विजेताहरूलाई आकर्षक उपहार जित्ने अवसर पनि प्रदान गर्ने भएको छ । यस अभियानले प्रयोगकर्ताहरूलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भिभो वाई सिरिजको कुल एम्बेसेडर बन्न आमन्त्रित गर्ने कम्पनीको भनाइ छ । सहभागीहरूमध्ये सबैभन्दा बढी मनपराइएको भिडियोबाट पहिलो विजेताले भिभो वाई२७ एस स्मार्टफोन जित्न सक्नेछन् । त्यस्तै, दोस्रो विजेताले फोटोसुट गर्ने अवसरसहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् । यसबाहेक वाई२७एस खरिद गर्ने पहिलो पाँच हजार ग्राहकहरूले निःशुल्क इयरबडहरू प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार यो अभियान ११ डिसेम्बर २०२३ देखि सुरु भएर २७ डिसेम्बर २०२३ सम्म उपलब्ध रहनेछ । यो स्मार्टफोन २४ हजार ९९९ रुपैयाँमा भिभोका रिटेल आउटलेटहरू र इकमर्स प्लेटफार्महरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया