Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमले ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने

टेलिकमले ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने


काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रविधिअन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले प्रोमोसनल अफरका रूपमा सोमबारदेखि लागू हुने गरी निःशुल्क सेवा उपलब्ध गराउन लागेको हो । यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । एक जना ग्राहकका लागि यो सुविधा एकपटक मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्करूपमा यो सेवा प्रयोग गर्न सकिने छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया