एनसेल ओपन गल्फको उपाधि शेर्पालाई
काठमाडौं । एनसेलले गोकर्ण गल्फ क्लबमा आयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’को मुख्य उपाधि बाबु शेर्पाले जितेका छन् । शुक्रबार र शनिबार आयोजना गरिएको सो प्रतियोगितामा १४३ प्रतियोगिहरूको सहभागिता रहेको थियो ।
‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका थिए । शेर्पाले ट्रोफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भएका छन् । यस्तै, ४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदीप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनर अफ भए । केसीले पुरस्कारस्वरूप ट्रोफी र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि सद्भाव आचार्यले जित्न सफल भए । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार, ट्रोफीसँगै सामसङको ग्यालेक्सी जेड फ्लिप जितेका छन् ।
त्यस्तै, ३८ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छन् । उनले ट्रोफीसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरिन् भने गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा रनरअप भइन् । ३७ प्वाइन्टको साथ रवीन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्षभन्दा माथि) विजयी भएका छन् । त्यस्तै, होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टु द पीनको उपाधि ज्ञानबहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले छ बर्डिजका साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया