क्वारेन्टाइनमा रहेका २ सय भारतीयलाई भारत पठाइयो
बीरगञ्ज, जेठ ७
नेपालमा लकडाउन सुरु भएदेखि घर जान नपाई वीरगञ्जमा करिब ५० दिनदेखि फसेका १ सय ९८ भारतीयलाई मङ्गलबार भारत सरकारको जिम्मा लगाएर पठाइएको छ । आईसीपीमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहवरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डीएम सर्वत अशोक कपीललाई जिम्मा लगाएर पठाइएको प्रहरी उपरीक्षक गंगा पन्तले बताए । त्यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक कुँवर पनि उपस्थित थिए ।
वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोस्रो सातादेखि राखिएका ९८ र वीरगञ्जस्थित आफन्तको घरमा बसेका १ सय जनालाई भारत पठाइएको हो । वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी आईसीपी नाकामा भारतीय अधिकारीहरुको जिम्मा लगाएर पठाइएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिए । उनीहरुलाई लिन भारतबाट आईसीपीमा ७ वटा बस आएको थियो । त्यही बसमा चढेर भारतीय आफ्नो घर फर्किएका हुन् ।
लकडाउनमा नेपाल–भारत नाका बन्द रहेका कारण नेपालका विभिन्न स्थानबाट घर फर्किने भनेर वीरगञ्ज आइपुगेका कतिपय भारतीयहरु वीरगञ्ज र आसपासको स्थानमा रहेका आफन्तको घरमा बसेका थिए । लकडाउनका कारण घर फर्किन नपाएका १ सय ९८ जना पठाइएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए ।
ठाकुररामको क्वारेन्टाइनमा ५० दिनसम्म राखिएका भारतीयको लागि खाना र खाजाको निःशुल्क प्रबन्ध ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले नै गरेको थियो । नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न सहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्किने क्रममा वीरगञ्ज नाकामा चैत दोस्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया