प्रहरी निरीक्षकद्वय थापा, श्रेष्ठ र वरिष्ठ नायव निरीक्षक नेपाली सम्मानित
काठमाडौं । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चद्वारा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ सम्मानित भएका छन् । मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय थापा र श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक नेपाली सम्मानित भएका हुन् ।
कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई सम्मान गरे । पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धिले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताए । यस्ता अभिनव सोच र साहसिक कार्यहरुले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिल्ने चर्चा गर्दै यसले नेपाल प्रहरीलाई महत्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ बहन गर्न थप हौसला र प्रेरणा मिलोस भन्ने उनले कामना गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले धन्यवाद ज्ञापन गर्दै इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताए । यस सिर्जनशील कार्यमा पूर्व प्रहरी कर्मचारीहरूको समेत योगदान रहेको चर्चा गर्दै यस उपलब्धिले अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्याएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समन्वय थप प्रभावकारी रुपमा गर्न सहज हुने उनले उल्लेख गरे ।
इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल हण्ड्रेड ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स’ प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रहरूमध्ये प्रहरी निरीक्षकद्वय थापा र श्रेष्ठले नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरेको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषित भएको थियो ।
यसैगरी, सम्मानित हुने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली इन्टरपोल स्थापनाको सय वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल भएका थिए । सम्मान कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायत प्रहरी अधिकृतहरूको बाक्लो उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया